समाज


२ जनाले नारायणीको पुलबाट हामफाले, दुवै बेपत्ता

२ जनाले नारायणीको पुलबाट हामफाले, दुवै बेपत्ता

नेपालखबर
साउन १४, २०८२ बुधबार ६:५९, काठमाडौँ

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हामफालेर मंगलबार दुई जना बेपत्ता भएका छन्। 

एक जना मंगलबार बिहान र अर्का साँझतिर हामफालेर बेपत्ता भएका प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालकाअनुसार मंगलबार साँझ ७ः४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हामफालेर बेपत्ता भएकी छन्। 

‘साँझ पुलबाट हामफालेका कारण खोजी कार्यमा कठिनाइ भएको छ’, उनले भनिन्, ‘मंगलबार बिहान हामफालेका किशोरको अवस्था पनि हालसम्म अज्ञात छ।’

बिहान पुलबाट हामफाल्ने किशोर गैँडाकोट-५ का १५ वर्षीय आदेश श्रेष्ठ रहेका र महिलाको भने पहिचान खुल्न नसकेको नरालले जानकारी दिइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad