समाज


भक्तपुरको बोडेमा भेटिएको शव दिदीबहिनीको भएको पुष्टि

भक्तपुरको बोडेमा भेटिएको शव दिदीबहिनीको भएको पुष्टि

नेपालखबर
साउन ८, २०८२ बिहिबार ८:३४, काठमाडौँ

भक्तपुरको बोडेमा आज बिहान फेला परेको शव दिदीबहिनीको भएको पुष्टि भएको छ। 

मध्यपुर ठिमी नगरपालिका-८ बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा किशोर उमेरका दुई दिदीबहिनीको शव फेला परेको हो। 

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानका अनुसार मृतकद्वय सुर्खेतको पञ्चपुरी नगरपालिका-८ घर भएका १७ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीया सृजना कँडेल हुन्। उनीहरू सहाेदर दिदीबहिनी भएका प्रहरीले जनाएकाे छ।

बिहीबार बिहान पौने सातबजेतिर स्थानीय चक्रधर प्रजापतिको इँट्टा र फलामले बनेको दुई तले ट्रष्टको घरको भुइँ तलामा उनीहरूको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

उनीहरू केही सयमदेखि त्याे घरमा डेरा गरी बस्दै आएका प्रहरीले जनाएको छ। 

‘डेरा कोठाको प्यासेज रहेको फलामको डण्डीमा एउटै नाइलनको डोरीमा झुण्डिएको अवस्थामा उनीहरूको शव फेला परेको हो,’ डीएसपी न्यौपानेले नेपालखबरसँग भने, ‘अहिले प्रहरी घटनास्थलमा पुगेको छ, थप अनुसन्धानको काम हुँदैछ।’

दिदी बहिनीले सँगै आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ। तर, त्यसको कारण भने अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad