समाज


चिकित्सक संघले फेरि दियो आन्दोलनको चेतावनी

चिकित्सक संघले फेरि दियो आन्दोलनको चेतावनी

नेपालखबर
साउन ७, २०८२ बुधबार १५:५९, काठमाडौँ

नेपाल चिकित्सक संघले उपभोक्ता संरक्षण ऐन संसोधन गर्न सरकारले चासो नदेखाए आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ।  

संघले प्रेस विज्ञप्ति जारी गर्दै ऐन संशोधन गर्न सुझाव सहितको प्रतिवेदन पेश गर्न गठन भएको कार्यादलले काम अगाडि नबढाएकोप्रति असन्तुष्टि जनाएको हो।

ऐन संशोधन गर्न चासो नदिने हो भने पुनः आन्दोलन गर्न बाध्य हुने संघले चेतावनी दिएको छ।

‘संघसँग भएको सहमति अविलम्ब कार्यान्वयनका लागि गम्भीर हुन सम्पूर्ण सरोकारवाला निकायहरूलाई आग्रह गर्दै, हामीलाई पुनः आन्दोलनका लागि बाध्य पार्ने स्थिती सिर्जना गरिएमा अबको आन्दोलनको स्वरुप थप सशक्त हुन्छ’ विज्ञप्तिमा उल्लेख छ। 

उपचारमा लापरवाही गरेको भन्दै उपभोक्ता अदालतले ग्रान्डि सिटी, ओम र हिमाल अस्पताल र चिकित्सकलाई क्षतिपुर्ति तिराउने निर्णय गरेपछि चिकित्सकहरू आन्दोलित भएका थिए।

२ दिनसम्म आकस्मिक बाहेकका सेवा ठप्प पारेर चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि सरकारले गत असार २४ गते ऐन संशोधनका लागि ३ बुँदे सहमति गरेको थियो। तर, सहमति अनुसार ७ दिन भित्र सुझाव सहितको प्रतिवेदन पेश गर्नुपर्ने कार्यदल निस्क्रिय रहेको संघको ठहर छ।

सरकारमा रहेका उच्च पदस्थ अधिकारीहरुसँग भएको सहमति समेत  समयमा पालना नहुँदा ती पदाधिकारीको मौखिक वा लिखित प्रतिबद्धतामाथि भविष्यमा समेत विश्वास गर्ने कुनै आधार नरहेको र यसबाट सरकारको विश्वसनीयता पनि गुम्ने स्थिती सिर्जना भएको चिकित्सक संघले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad