कारोबार


नेप्सेले तोड्न सकेन ३००० विन्दुको पर्खाल, नजिक पुगेर फर्कियो

नेप्सेले तोड्न सकेन ३००० विन्दुको पर्खाल, नजिक पुगेर फर्कियो

नेपालखबर
साउन ७, २०८२ बुधबार १६:६, काठमाडौँ

सेयरबजार परिसूचक नेप्से गत वर्ष भदौ २ मा बनाएको ३००० विन्दुको पर्खालनजिक पुगेर फर्किएको छ।

बुधबार ५.१७ अंकले बढेर अन्तिम समयमा २९७८.८८ विन्दुमा थामिएको हो। 

बजार खुलेको आधा घण्टामै सूचक २९९२ विन्दुमा पुगे पनि त्यसपछि बढ्न नसकेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

आज बजारमा १९ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ। मौद्रिक नीतिपछि निरन्तर कारोबारको ग्राफ बढिरहेको छ। बुधबार ४ करोड ४८ लाख कित्ता सेयर बिक्रीपछि उक्त परिमाणमा कारोबार भएको हो। 

यस दिन ९८ वटा सेयरको मूल्य बढ्दा १५२ वटाको मूल्य घटेको छ। यीमध्ये ट्रेड टावर लिमिटेडको ९.९९ प्रतिशत, सान्भी इनर्जीको ९.९९ प्रतिशत, ग्रिन भेन्चर्स लिमिटेड ९.४० प्रतिशत, लिबर्टी इनर्जीको ७.०८ प्रतिशत र बेस्ट फाइनान्स कम्पनीको ५.९७ प्रतिशतले सेयर बढेको छ। 

त्यसैगरी भूगोल इनर्जी डेभलपमेन्टको ५.३२ प्रतिशत, ग्रिन डेभलपमेन्टको ४.२६ प्रतिशत, अभियान लघुवित्तको ४.१३ प्रतिशत, आरएसडीसी लघुवित्तको ४.१० प्रतिशत र माई खोला हाइड्रोपावर डेभलपमेन्टको ३.१२ प्रतिशतले सेयर घटेको छ। 

सर्वाधिक कारोबारमा आज हिमालयन रिइन्स्योरेन्स अगाडि छ। कम्पनीको ७८ करोडको कारोबार हुँदा शिवम् सिमेन्ट ७५ करोड, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ६२ करोड ३३ लाख, बुटवल पावर कम्पनीको ६२ करोड २५ लाख र नेपाल पुनर्बीमा कम्पनीको ५५ करोड २७ लाखको कारोबार भएको छ। 

आज उपसूचकहरुमध्ये फाइनान्स ३.२३ प्रतिशतले, जलविद्युत् ०.८८ प्रतिशतले, लगानी ०.९० प्रतिशतले, उत्पादन ०.४० प्रतिशतले, सामूहिक लगानी कोष ०.१५ प्रतिशतले, अन्य १.४४ प्रतिशतले र व्यापार ०.३१ प्रतिशतले बढेको छ। बाँकी सूचक भने आज राताम्य रहनपुगेका छन्। 

आज कुल बजार पुँजीकरण ४९ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ भने बजारमा तरल पुँजीकरण १६ खर्ब ९२ अर्ब पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad