ad ad

समाज


र्‍यापिड टेस्टमा पोजेटिभ देखिएको बाग्लुङकी महिलामा कोरोना नभएको पुष्टि

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएको बाग्लुङकी महिलामा कोरोना नभएको पुष्टि

वाशुदेव मिश्र
बैशाख १, २०७७ सोमबार १२:४३,

बागलुङमा र्‍यापिड डाइगोनोष्टिक टेष्ट (द्रुत परीक्षण) मा कोरोना पोजेटिभ देखिएको महिलामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराअन्तर्गतको गण्डकी अस्पतालमा गरिएको स्वाब परीक्षणबाट उनमा संक्रमण नभएको पुष्टि भएको हो। आइतबार बागलुङमा परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप परीक्षणको लागि उनको स्वाब पोखरा ल्याइएको थियो। पोखरामा पीसीआर मेसिनमार्फत स्वाब परीक्षण गरिएको हो।

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोदविन्दु शर्माले नेपालखवरसँग भने, ‘तपाईँले जे चाहनुभएको थियो, त्यही भएको छ’, उनको रिपोर्ट नेगेटिभ आएको छ।’

उनका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालयले अहिलेसम्म प्रदेशभर १७४० जनाको र्‍यापिड टेस्ट गरेको छ। सोमबार मात्रै थप ४०० जनाको परीक्षण गरिएको उनले बताए। उनका अनुसार प्रदेशमा ३७५ जनाको पीसीआर पनि गरिएको छ। ती महिला तीर्थयात्रा गरि भारतबाट फर्केकी हुन्।

र्‍यापिड टेष्टले बागलुङमा देखायो एकजनामा संक्रमण, पोखरामा थप परीक्षण हुने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .