ad ad

समाज


पाटन अस्पताल भर्ना भएका तीन जनाको र्‍यापिड टेष्टमा पोजिटिभ, टेकुमा थप परीक्षण हुँदै

पाटन अस्पताल भर्ना भएका तीन जनाको र्‍यापिड टेष्टमा पोजिटिभ, टेकुमा थप परीक्षण हुँदै

नेपालखबर
बैशाख १, २०७७ सोमबार १३:८,

ललितपुरको पाटन अस्पतालमा भर्ना भएका तीन जना बिरामीको र्‍यापिड टेष्टमा कोरोना पोजिटिभ देखिएको छ।

कोरोना आशंकामा सोमबार पाटन अस्पताल भर्ना भएका तीनजनामा र्‍यापिड टेष्टका क्रममा कोरोना पोजेटिभ देखिएको पाटन अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माले जानकारी दिए।

निर्देशक शर्माले नेपालखबरसँग भने, ‘तीनै जनाको आजै दिउँसो आएको केस हो। र्‍यापिड टेष्टमा पोजिटिभ देखिएपछि रिटेष्टका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ।’

पेप्सीकोलास्थित एक अपार्टमेन्टमा बस्दै आएका उनीहरु चैत ५ गते बेलायतबाट फर्किएका ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए। सो अपार्टमेन्टमा अहिले प्रहरी खटिएको काँडाघारी प्रभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .