समाज


लकडाउन उल्लंघन गर्नेमाथि लाठी प्रहार प्रकरणः मृतकका आफन्तले शव बुझे

लकडाउन उल्लंघन गर्नेमाथि लाठी प्रहार प्रकरणः मृतकका आफन्तले शव बुझे

नेपालखबर
बैशाख १, २०७७ सोमबार ११:५७,

सप्तरीको खड्क नगरपालिकामा लकडाउन उल्लंघन गर्नेमाथि प्रहरीले गरेको कारबाहीका क्रममा मृत्यु भएकी वृद्धा महिलाको शव आफन्तले बुझेका छन्। घटनाको अनुसन्धान गर्ने सहमतिपछि मृतक ६५ वर्षीया जैनव खातुनको शव आफन्तले बुझेका हुन्।

खड्क नगरपालिकाका मेयर हेमायु हकले घटनाको छानबिन गरेर दोषीलाई कारबाही तथा पीडितलाई राहत दिने प्रतिवद्धता जनाएपछि आफन्तले शव बुझेका थिए।

मृतकका आफन्तले प्रहरीको कुटपिटबाट उनको ज्यान गएको आरोप लगाएका छन् भने लाठी प्रहार नगरेको प्रहरीको दाबी छ।

सप्तरीको विरपुरमा सोमबार प्रहरीले लकडाउन उल्लंघन गर्नेमाथी लाठी प्रहार गरेको थियो। आफ्नो छोरामाथी प्रहरीले लाठी प्रहार गरेपछि प्रहरीलाई सम्झाउन पुगेकी वृद्धा त्यहीँ वेहोस भएकी थिइन्।

सप्तरी प्रहरीले भने वृद्धा ब्लड प्रेसरका कारण ढलेको जनाएको छ। घटनास्थलमा ढलेकी वृद्धालाई एडभान्स अस्पताल कल्याणपुरमा लगिएपनि त्यहाँ उपचार सम्भव नभएको भन्दै सगरमाथा अञ्चल अस्पताल राजबिराज पठाइएको थियो। अस्पताल पु-याउनासाथ मृत घोषणा गरिएको थियो।

यो पनिः सप्तरीमा लकडाउन उल्लंघन गर्नेमाथि प्रहरीको लाठी प्रहार, वृद्धाको मृत्युपछि तनाव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad