कारोबार


कोरोना उपचार कोषमा २ अर्ब संकलन, डेढ अर्ब धेरै सरकारी निकायबाट आयो

कोरोना उपचार कोषमा २ अर्ब संकलन, डेढ अर्ब धेरै सरकारी निकायबाट आयो

नेपालखबर
बैशाख १, २०७७ सोमबार १२:१५,

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उपचार तथा रोकथाममा प्रयोग गर्ने भनेर सरकारले स्थापना गरेको कोषमा हालसम्म झण्डै २ अर्ब रुपैयाँ संकलन भएको छ।

जम्मा भएको रकममध्ये अधिकांश सरकार र मातहतका निकायको रहेको पाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चैत ३० बेलुकासम्मको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ अर्ब ९८ करोड ६७ लाख ७६ हजार ७ सय ६० रुपैया जम्मा भएको छ।

उक्त विवरणमा नेपाल सरकार र अन्य सरकारी निकायबाट डेढ अर्बभन्दा धेरै रकम जम्मा भएको छ।

यसका कोषमा नेपाल सरकारदेखि अधिकांश मन्त्रालय आर्थिक सहयोग जम्मा गरेका छन्। त्यस्तै, मन्त्रालयअन्तर्गतका विभाग तथा शाखाहरुले कोषमा रकम जम्मा गरेका छन्।

विभिन्न नगरपालिकाहरु, गाउँपालिका, जिल्ला समन्वय समिति, आयोगहरुले पनि यो कोषमा सहयोग रकम जम्मा गरेका छन्।

आइतबारसम्म कोषमा सबैभन्दा धेरै रकम जम्मा गर्नेमा नेपाल सरकार र नेपाल आयल निगम रहेका छन्। नेपाल सरकार र आयल निगमले ५०/५० करोड रुपैयाँ जम्मा गरेका छन्।

त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड, नेपाल दूरसञ्चार कम्पनीले १२ करोड रुपैयाँ जम्मा गरेका छन्।

कर्मचारी सञ्चय कोष र राष्ट्रिय बीमा समितिले ५/५ करोड जम्मा गरेको विवरणमा उल्लेख छ। नेपाल स्टक एक्सचेन्जले ३ करोड ५१ कोषमा जम्मा गरेको छ। निक्षेप तथा कर्जा सरक्षण कोष र नेपाल धितोपत्र बोर्डले ३/३ करोड रुपैयाँ कोषमा जम्मा गरेका छन्।

नेपाल नागरिक कोषले २ करोड, राष्ट्रिय बीमा कम्पनीले १ करोड ६५ लाख, कृषि विकास बैंकले १ करोड २५ लाख, राष्ट्रिय बीमा संस्थान १ करोडसहित अन्य धेरै सरकारी निकायले कोषमा रकम जम्मा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad