समाज


मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

नेपालखबर
साउन ६, २०८२ मंगलबार १५:५, सिन्धुली

दुधौली नगरपालिका-२ लामीडाँडास्थित  मधुगङ्गा महादेव मन्दिरमा सोमबार हत्या गरिएका व्यक्तिको पहिचान खुलेको छ। हत्या गरिएका व्यक्ति भारतको सितामडी भवदेपुर–११ का पङ्कजकुमार भगत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। 

उनी मधुगङ्गा महादेवको दर्शन गर्न आएका थिए। शव परीक्षणपछि उनको परिवारको जिम्मा लगाइने उनले बताए। मृतकका माइला दाजु रञ्जित भगतले सिन्धुली अस्पतालमा आएर मृतकको सनाखत गरेका हुन्। 

सोमबार बिहान उक्त स्थानमा करिब २५-३० वर्षको पुरुषको शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा मृतकको छातिमा धारिलो हतियार प्रहार भएको देखिएको प्रहरी उपरीक्षक सुवेदीले बताए। प्रहरीले घट्नास्थलबाट धारिलो हतियार चुप्पी र खुर्पा बरामद गरेको थियो।
 
प्रहरीका अनुसार पङ्कज साथिहरुसँग मधुगङ्गा महादेवको दर्शन गर्न आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनीसँगै आएका सबैजना फरार रहेका र घटनामा संलग्नलाई चाँडै पक्राउ गरिने प्रहरी उपरीक्षक सुवेदीको भनाइ छ।

घटनामा संलग्न व्यक्तिबारे किटानी जाहेरी आएको छ। भारतको विभन्न स्थानबाट बर्सेनि साउनको पहिलो सोमबार मधुगङ्गा महादेवको दर्शन गर्न यहाँ आउने गरेका बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad