समाज


नारायणी नदीको २५ फिट गहिराइबाट निकालियो बालकको शव

नारायणी नदीको २५ फिट गहिराइबाट निकालियो बालकको शव

नेपालखबर
साउन ५, २०८२ सोमबार १९:२३, काठमाडौँ

चितवनको भरतपुर महानगरपालिका–१६ सरनपुरस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ।

भरतपुर महानगरपालिका–१५ सूर्यनगर बस्ने १५ वर्षीय मेनसन पुन मगर सोमबार दिउँसो नारायणी नदीको साईडमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। 

घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक लोकेन्द्र भट्टको कमाण्डमा गोताखोरसहितको सुरक्षा फौज खोजीमा खटिएको थियो।

त्यस क्रममा घटनास्थलको करीब २५ फिट गहिराइबाट उनको शव निकालेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad