वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन्।
गोरखा बारपाक सुलिकोट गाउँपालिका–४ की २९ वर्षीया जुनु राना थापा मगर र बर्दियाको गुलरिया नगरपालिका–२ का ३३ वर्षीय सुदिप कुमार यादवलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
उनीहरूले लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।
जुनुले स्लोभाकिया पठाइदिने भन्दै एक जनाबाट ३ लाख १० हजार रुपैयाँ लिएका थिए भने सुदिपले ४ जनालाई सर्बिया पठाइदिने भन्दै १८ लाख ५४ हजार रुपैयाँ लिएको पाइएको छ।
दुवैजनालाई थप अनुसन्धान एवम् कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
243
Shares

प्रतिक्रिया