समाज


६ साउन : मिथुनलाई एउटै कामबाट दोहोरो लाभ, कर्कटको रोकिएको काम सुचारु, तपाईँको राशिफल कस्तो?

६ साउन : मिथुनलाई एउटै कामबाट दोहोरो लाभ, कर्कटको रोकिएको काम सुचारु, तपाईँको राशिफल कस्तो?

ज्यो. मेनुका दाहाल
साउन ६, २०८२ मंगलबार ४:४०, काठमाडौँ

आज मङ्‌गलबार, ६ साउन २०८२ (२२ जुलाई २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: कार्यसिद्धि हुनेछ। नजिकका व्यक्तिबाट सहयोग मिल्ला। प्राविधिक कार्यमा सफलता पाइनेछ। परिवारसँग रमाइलो भेटघाट होला। शुभकार्यको चर्चा चल्नेछ। अधिकार प्राप्तिका लागि भने संघर्ष गर्नु पर्ला।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

वृष: नजिकका व्यक्तिबाट कार्यमा बाधा हुनेछ। महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। पढाइलेखाइमा खासै प्रगति गर्न नसकिने देखिन्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४९, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ४८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन: एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहला। पारिवारिक सुख प्राप्त हुनेछ। कला तथा साहित्यमा रुचि बढ्नेछ। प्रशासनिक निकायको भय रहनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ७७, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कर्कट: रोकिएका काम पुनः सुरु हुनेछन्। प्रेम र दाम्पत्य जीवन सुखमय रहनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग छ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

सिंह: कुनै कुराले मनमा शान्ति छाउनेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। परिवारसँग समय बिताउने अवसर छ। स्वादिष्ट भोजनको अवसर मिल्ला। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६५, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

कन्या: कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। सकेसम्म कम बोल्नु तथा आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुनेछ। साँझमा चलाखीपूर्ण बोलीले काम बन्न सक्छ।

भाग्यशाली रङ सेतो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ३६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

तुला: प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। बन्धु बान्धवबाट सहयोग मिल्ला। नयाँ ज्ञान प्राप्तिको योग छ। दिनको उत्तरार्धमा भने खर्च बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

वृश्चिक: आफन्तको प्रगतिमा मन रमाउनेछ। इष्टमित्रमा कसैलाई सन्तान लाभ हुन सक्छ। व्यावसायिक कामबाट सामान्य फाइदा हुनेछ। मध्य दिनपछि सानातिना काममा अल्झनुपर्ने देखिन्छ।

भाग्यशाली रङ निलो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। छलकपट नगर्ने।

धनु: धार्मिक यात्राको योग छ। परीक्षामा उत्तीर्ण हुन सकिनेछ। प्रेमीको साथ र सहयोग मिल्नेछ। पुँजी बजारले साथ दिनेछ। लामो यात्रा सुखद र सफल रहनेछ। खानपिनमा सावधानी अपनाउनु होला।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मकर: स्वास्थ्यमा खर्च बढ्ने योग छ। निर्णय कार्यान्वयन हुन नसक्ला। धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुनेछ। विगतका समस्या बल्झिन सक्छन्। साँझमा भ्रमणको योजना बन्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ: बलले भन्दा बुद्धिले गरेको काम सफल हुनेछ। लाभहानि बराबरी रहला। बेलुकीपख पारिवारिक जमघटमा मन रमाउनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मीन: बसाइँसराइको सम्भावना छ। पारिवारिक भेटघाटमा व्यस्त भइएला। घरमा अतिथिको आगमन हुनेछ। कलहको योग पनि भएकाले बोल्दा विचार पुर्‍याउनु होला।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad