समाज


जुरेमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध

जुरेमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
साउन ४, २०८२ आइतबार ११:२१, काठमाडौँ

वर्षासँगै पहिरो गएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ।

सिन्धुपाल्चोकको जुरे खण्डमा गएराति पहिरो जाँदा सवारी साधन दुईतर्फी नै अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवराज खरेलले जानकारी दिए। 

‘पहिरो हटाएर राजमार्ग खुलाउने प्रयास जारी छ,’ डएसपी खरेलले नेपालखबरसँग भने, ‘पहिरो हटाउन बिहानैदेखि स्काभेटर र लोडरहरू प्रयोग गरिएका छन्।’

सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन बीच बाटोमै रोकिएका छन्। पहिरोसँगै जुरेमा बिजुलीको प‍ोलसमेत ढल्दा यातायात सञ्चालनमा समस्या भएको प्रहरीले जनएको छ। 

सिन्धुपाल्चोककै महभीरमा पनि वर्षाले सडक भासिँदा यातायात सञ्चालनमा समस्या भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad