महामन्त्री कुन्तिकुमारी शाहीसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १४ जना केन्द्रीय समितिका नेताले मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष पदमा फर्काउन अध्यक्ष राजेन्द्र लिङ्देनसँग संयुक्त रूपमा अपिल गरेका छन्।
संयुक्त रूपमा जारी अपिलमा उनीहरूसहित राप्रपाका कर्णाली प्रदेश अध्यक्ष दीपबहादुर शाही र सुर्खेत-काठमाडौँ सम्पर्क समाजका अध्यक्ष टीका योगीले पनि हस्ताक्षर गरेका छन्।
अपिलमा हस्ताक्षर गर्ने १६ जनै राप्रपा नेता कर्णाली प्रदेशका हुन्।
गत शुक्रबार अध्यक्ष लिङ्देनले मनोनीत उपाध्यक्ष गिरीलाई पदबाट बर्खास्त गरेका थिए।
‘राप्रपा स्थापनाकालदेखि अनवरत सक्रिय रहनुभएका कर्णाली प्रदेशका जनप्रिय निष्ठावान नेता उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष एवं केन्द्रीय समिति सदस्यबाट पदमुक्त गरेको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, शनिबार जारी अपिलमा भनिएको छ, ‘उहाँले पार्टीलाई दिनुभएको योगदान, त्याग र तपस्याको अवमूल्यन गरी पार्टीलाई विधानतः सञ्चालन गर्नका लागि नेतृत्वलाई सजग गराउने प्रकृतिको सामूहिक वक्तव्यलाई आधार बनाएरबिना कुनै सूचना र स्पष्टीकरण उहाँलाई विधानविपरीत पदमुक्त गरिँदा कर्णाली प्रदेशका हामी तमाम पदाधिकारी तथा केन्द्रीय सदस्यहरू चिन्तित भएका छौँ।’
यी हुन् गिरीको पुनर्बहाली माग गरी जारी अपिलमा हस्ताक्षर गर्नेहरू
१. कुन्तिकुमारी शाही, महामन्त्री
२. दिपबहादुर शाही, अध्यक्ष, कर्णाली प्रदेश
३. सत्यबहादुर शाही, केन्द्रीय सदस्य, कालिकोट
4. कालिबहादुर शाही, केन्द्रीय सदस्य, हुम्ला
५. सुनिता शाह, केन्द्रीय सदस्य, सुर्खेत
६. सौरेन्द्रबहादुर शाह, सहायक महामन्त्री, रुकुम पश्चिम
७. यज्ञबहादुर सिंह, केन्द्रीय सदस्य, जाजरकोट
८. जनक सिंह ठकुरी, केन्द्रीय सदस्य, सुर्खेत
९. भीमबहादुर शाही, केन्द्रीय सदस्य, जुम्ला
१०. अनुपम सिं श्रेष्ठ, केन्द्रीय सदस्य, सल्यान
११. दीपक मल्ल, केन्द्रीय सदस्य, रुकुम पश्चिम
१२. दीपक खनाल, केन्द्रीय सदस्य, जाजरकोट
१३. बबिता शाही, केन्द्रीय सदस्य, दैलेख
१४. धनसुर शाही, केन्द्रीय सदस्य, कालिकोट
१५. अमर गिरी, आमन्त्रित केन्द्रीय सदस्य, सल्यान
१६. टीका योगी, अध्यक्ष, सुर्खेत-काठमाडौँ सम्पर्क समाज।
हेर्नुहोस्, अपिल-

Shares

प्रतिक्रिया