समाज


आजको सम्भावित बाढी: काठमाडौँसहित ५१ जिल्लामा ‘एल्लो अलर्ट’ जारी

आजको सम्भावित बाढी: काठमाडौँसहित ५१ जिल्लामा ‘एल्लो अलर्ट’ जारी

फाइल तस्बिर : काभ्रेको पनौती क्षेत्र


नेपालखबर
साउन ४, २०८२ आइतबार ९:५४, काठमाडौँ

देशभर विभिन्न स्थानमा वर्षा भइरहँदा बाढी पूर्वानुमान महाशाखाले आज (साउन ३, शनिबार) को सम्भावित बाढीबारे जानकारी गराउँदै सतर्कताका लागि चेतावनी जारी गरेको छ। 

बाढी महाशाखाका अनुसार आज बिहानको मापनमा कोसीका सहायक नदी तमोर र कन्काई नदीको जलसतह सतर्कता आसपास छ भने नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ।

जिल्लाका हिसाबले आज इलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, खोटाङ, ओखलढुंगा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुली, कास्की, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, गोरखा, सल्यान, सुर्खेत, दैलेख र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना छ।

साथै आज सोलुखुम्बु, रामेछाप, भोजपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, मकवानपुर, काभ्रेपलाञ्चोक, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, जाजरकोट, कालिकोट, डोटी, बाजुरा, अछाम, बझाङ, जुम्ला, बैतडी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने मध्यम नै सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।

महाशाखाले उल्लिखित ५१ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिएको छ।  

हेर्नुहोस् सूचना-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad