दाङको देउखुरीमा गाडीले किचेर एक जनाको मृत्यु भएको छ।
लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राजेशकुमार बानियाँको आज बिहान गाडीले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।
आफ्नै घर अगाडि रोकिराखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरोको टायरमा राखिएको टेको हटाउने क्रममा गाडी ‘ब्याक’ भएकाे गाडीले किच्दा बानियाँ गम्भीर घाइते भएका थिए।
उनलाई तत्काल लमही अस्पताल पुर्याए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
606
Shares

प्रतिक्रिया