समाज


सुदूरपश्चिमबाहेक सबै प्रदेशमा वर्षा जारी, सावधानी अपनाउन चेतावनी

सुदूरपश्चिमबाहेक सबै प्रदेशमा वर्षा जारी, सावधानी अपनाउन चेतावनी

नेपालखबर
साउन ४, २०८२ आइतबार ९:२४, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले (आइतबार बिहान ९ बजे) गण्डकी, लुम्बिनी, मधेस, कोसी, बागमती र कर्णाली प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।

र, पानी पार्ने मौसमी प्रणाली दक्षिण-पश्चिम दिशामा फैलिने क्रममा रहेकाले उक्त क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन विभागले सुझाव दिएको छ। 

मौसम विभागले आइतबार बिहान ९ बजे सूचना जारी गर्दै भनेको छ : हाल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान, मधेस प्रदेशका थोरै स्थान तथा कोसी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पानी पार्ने मौसमी प्रणाली दक्षिण-पश्चिम दिशामा फैलिने क्रममा रहेकाले सो क्षेत्र आसपासका क्षेत्रमा सावधानी अपनाउनुहोला।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad