ad ad

समाज


कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सन अस्पतालबाट डिस्चार्ज भए

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सन अस्पतालबाट डिस्चार्ज भए

नेपालखबर
चैत ३०, २०७६ आइतबार १२:५७,

अवस्था गम्भीर बनेपछि अस्पताल भर्ना भएका जोन्सनलाई तीन दिन सघन उपचार कक्षमा राखिएको थियो। त्यसपछि उनलाई सामान्य वार्डमा सारिएको थियो।

आइतबार उनलाई सेन्ट थोमस अस्पतालबाट डिस्चार्ज गरिएको बेलायती संचारमाध्यमले जनाएका छन्।

युके प्रेस असोसियसनका अनुसार जोनसनले अस्पतालबाट डिस्चार्ज भएपछि आफू चिकित्सकहरुप्रति ऋणी भएको बताएका थिए।

उनले सबैलाई धन्यवाद भन्दै अस्पतालबाट विदा लिएका थिए।

अवस्था सामान्य भएपनि तत्काल जोन्सन काममा नफर्किने जनाइएको छ। अबको केही दिन उनी आराममा हुने बीबीसीले जनाएको छ।

मार्च २७ मा कोरोना संक्रमित बनेका जोनसनले यसअघि घरबाटै काम गर्दै आएका थिए।

उनी भिडियो वैठकमार्फत मन्त्रीहरुसँग छलफल गर्दथे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .