ad ad

समाज


कोरोनाः स्पेनमा तीन दिनपछि फेरि बढ्यो मृतकको संख्या, ६१९ को मृत्यु

कोरोनाः स्पेनमा तीन दिनपछि फेरि बढ्यो मृतकको संख्या, ६१९ को मृत्यु

नेपालखबर
चैत ३०, २०७६ आइतबार ११:५९,

स्पेनमा लगातार तीन दिन कोरोनाका कारण मृत्यु हुनेको संख्यामा कमी आएको थियो।

तर तीन दिनपछि त्यहाँ फेरि मृतकको संख्या बढेको देखिएको छ। गएको २४ घण्टामा स्पेनमा ६ सय १९ जनाको मृत्यु भएको हो।

स्पेनको स्वास्थ्यमन्त्रालयका अनुसार स्पेनमा ६ सय १९ जनाको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या १६ हजार ९७२ पुगेको छ।

स्पेनमा कोरोना संक्रमितको संख्या भने १ लाख ६६ हजार १९ पुगेको छ। स्पेन अमेरिकापछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .