ad ad

राजनीति


नयाँ वर्षको शुभकामना दिँदै थापाले भनेः जनताको अनुशासनले गर्दा कोरोनाले भयावह रुप लिन सकेन

नयाँ वर्षको शुभकामना दिँदै थापाले भनेः जनताको अनुशासनले गर्दा कोरोनाले भयावह रुप लिन सकेन

नेपालखबर
चैत ३०, २०७६ आइतबार १२:१३,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली जनताले लकडाउनको अवधिमा प्रदर्शित गरेको धैर्यता, आत्मसंयम र स्व-अनुशासनको परिणाम स्वरुप कोरोना भाइरसको महामारीले भयावह रुप लिन नसककेको बताएका छन्।

नयाँ वर्ष २०७७ का अवसरमा शुभकामना सन्देश जारी गर्दै राप्रपा अध्यक्ष थापाले मानवजातिमा अन्तर्निहित अभूतपूर्व ज्ञान बिज्ञानको क्षमतालाई चुनौती दिदैं देखापरेको कोभिड–१९लाई पराजित गर्न २०७७ साल सफल हुने विश्वास व्यक्त गरेका छन्।

उनले महामारीले भयावह रुप नलिएपनि खतरा अझै टरि नसकेको भन्दै विश्वका विभिन्न देशहरु र खासगरी छिमेकी भारत र चीनको अनुभवबाट पाठ सिकेर हामी निरन्तर सजग रहनु जरुरी रहेको उनले बताए।

थापाले साधन श्रोत सम्पन्न विकसित देशहरुले समेत कोरोना भाइरस विरुद्ध लड्न कठिन संघर्ष गर्नुपरिरहेको अवस्थामा नेपाल जस्तो साधन श्रोत कम भएको र कमजोर व्यवस्थापन क्षमता भएको देशले लकडाउनको कठोर पालनाबाट मात्र भाइरसको प्रकोपलाई पराजित गर्न सक्ने पनि बताएका छन्।

अध्यक्ष थापाले नयाँ वर्षको शुभकामना सन्देशमा भनेका छन्, ‘हामी नेपालीहरुको चाहना अनुरुप सुशासन र आर्थिक सम्बृद्धिको लक्ष्य हासिल गर्ने सन्दर्भमा नयाँ बर्ष कोसेढुंगा बन्न सकोस् भन्ने शुभ कामना समेत व्यक्त गर्दछु। रोग, भोक, गरिबी र अशिक्षाबाट नेपालीलाई मुक्त तुल्याउने अभियानले बि.सं २०७७ मा ऐतिहासिक सफलता प्राप्त होस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .