ad ad

समाज


आइएलओ भन्छः कोरोनाका कारण १९ करोड ५० लाखले रोजगारी गुमाउनेछन्

आइएलओ भन्छः कोरोनाका कारण १९ करोड ५० लाखले रोजगारी गुमाउनेछन्

नेपालखबर
चैत ३०, २०७६ आइतबार ११:४४,

हालै एक प्रतिवेदन सार्वजनिक गर्दै आइएलओले पुरा समयावधि काम गर्ने १९ करोड ५० लाख मानिसले रोजगारी गुमाउने बताएको हो।

हाल विश्वभरका पुरा तथा आधा समय काम गर्ने ३ अर्ब ३० करोड कामदारहरु कार्यालय तथा उद्योग बन्द भएका कारण प्रभावित भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

आइएलओले कोरोना माहमारीलाई दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब स्थिती भएको बताएको छ। कोरोनाले विश्वभर नै रोजगारीको क्षेत्रमा जटिल अवस्था खडा गरिदिएको छ।

आइएलओका महानिदेर्शक गाइ राइडर भन्छन्,‘रोजगारीको क्षेत्रमा यो साँच्चै खराब अवस्था हो। यो महामारी कतिसम्म रहन्छ भन्ने मुख्य प्रश्न हो।’

कोरोना महामारी चाँडै नियन्त्रणमा नआए विश्वभर आर्थिक मन्दी छाउने उनको भनाइ छ। सीजीटीएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .