समाज


अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपाली विद्यार्थीको मृत्यु

अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपाली विद्यार्थीको मृत्यु

नेपालखबर
असार ३१, २०८२ मंगलबार १०:११, काठमाडौँ

अमेरिकामा कार दुर्घटनामा परेर लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ।

स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनामा नेपालका २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हुरीबतास र ठूलो वर्षाका बीच उनीहरूले चलाइरहेको कार रुखमा ठोकिँदै सडकबाट खसेको हो।

दुर्घटना स्थानीय समयअनुसार जुलाई १३ शनिबार राति ९ बजेतिर भएको हो।

उनीहरूसँगै होन्डा एकर्डमा सवार २ जना घाइते भएका छन्। 

दुर्घटनामा २ नेपालीको भने दुर्घटनास्थलमै मृत्यु भएको थियो। 

घाइते दुई यात्रुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ।

लुइसियाना राजमार्ग ५०७ को पश्चिममा रहेको अमेरिकी राजमार्ग ८० मा भएको दुर्घटनाबारे लुइसियाना राज्य प्रहरी टोली एफले अनुसन्धान गरिरहेको छ।

दुर्घटनामा मृत्यु भएका २ नेपालीको नेपालको स्थानीय ठेगानालगायत विस्तृत जानकारी अहिलेसम्म खुलेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad