समाज


८ हजार ५ को कोरोना परीक्षण, तीन भारतीयसहित १२ संक्रमित

८ हजार ५ को कोरोना परीक्षण, तीन भारतीयसहित १२ संक्रमित

नेपालखबर
चैत ३०, २०७६ आइतबार ११:२७,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ८ हजार ५ सय ५ जनाको कोरोना परीक्षण भएको जनाएको छ। त्यस्तै मन्त्रालयले अहिलेसम्म ३ भारतीय नागरिकसहित १२ जना संक्रमित भेटिएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाकाअनुसार पीसीआरबाट ५ हजार १ सय ८४ जना र ¥यापिड डायगोनिस्टिक किटबाट ३ हजार २ सय २१ जनाको परीक्षण भएको हो।

त्यसमध्ये आइतबार वीरगञ्जमा ३ जनालाई कोरोना संक्रमण देखिएपछि देशभर संक्रमितको संख्या १२ पुगेको छ। यसअघि धनगढीमा ४ जना तथा बागलुङ र काठमाडौंमा २–२ जना उपचाररत छन् भने एक जना संक्रमित निको भइसकेका छन्।

शनिबार वीरगञ्जमा संक्रमित भेटिएकाहरु हाल नारायणी उप–क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचार गराइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताए।

यस्तै शनिबार दार्चुलाको विभिन्न ६ स्थानमा ४ सय ६ वटा नमूना संकलन भएको र तिनको पीसीआर प्रविधिबाट परीक्षण गरिने उनले जनाए।

हाल नेपालमा संक्रमितको संख्या थप भएकाले लकडाउनको पूर्ण पालना गरी घरमै क्वारेन्टिनमा बस्न उनले अनुरोधसमेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad