समाज


शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने नेविसंघको माग

शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने नेविसंघको माग

नेपालखबर
असार ३०, २०८२ सोमबार १३:३, काठमाडौँ

नेविसंघले सोमबार विद्यालय शिक्षा ऐन तत्काल जारी गर, विद्यार्थीको प्रतिनिधित्वबिना सिनेट बैठक अमान्य हुने र शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राखेर आज प्रर्दशन गरेका हुन। 

नेविसंघ त्रिवि केन्द्रीय कम्याम्पस समिति सभापति विष्णु बडैलाले सम्पूर्ण शिक्षकदेखि प्राध्यापकसम्मका नियुक्तिहरु शप्रतिशत खुला प्रतिस्पर्धाबाट हुने गरी शिक्षा ऐन जारी हुनु पर्ने लगाएतका माग राखेर आन्दोलन गरेको बताए। 

‘सरकारले शिक्षकका मात्र कुरा सुनेर खुला प्रतिष्पर्धाबाट आउने बाटो बन्द गर्न खोजिएको छ। सरकार शिक्षक महासंघका मुद्दामा बढी केन्द्रित नभई विद्यार्थी र शिक्षाको हितमाकेन्द्रित हुनुपर्ने, त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक विद्यार्थी प्रतिनिधित्व बिना गरियो,’ उनले भने, ‘त्यो हामीलाई मान्य छैन्।’ 

नेविसंघले बल्खु  सडकदेखि उपकुलपति कार्यालयसम्म चक्काजामा गरेर प्रर्दशन गरेको थियो। प्रदर्शनमा नेविसंघ केन्द्रीय सदस्य तथा त्रिवि स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष दीपकराज जोशी, नेविसंघ केन्द्रीय सदस्य डन्डीराज जोशी, नेविसंघ त्रिवि समिति बडैला, ताहाचल क्याम्पसका नेविसंघ नेता पुष्पराज बटाला लगायतका विद्यार्थीहरू सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad