समाज


मधेसमा मिर्गौला उपचार केन्द्र स्थापना गर्ने स्वास्थ्यमन्त्रीको घोषणा

मधेसमा मिर्गौला उपचार केन्द्र स्थापना गर्ने स्वास्थ्यमन्त्रीको घोषणा

फाइल तस्बिर


नेपालखबर
असार ३०, २०८२ सोमबार ८:४३, काठमाडौँ

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मधेस प्रदेशमा विशिष्टकृत सेवासहितको मिर्गौला उपचार केन्द्र स्थापना गरिने  घोषणा गरेका छन्। 

आइतबार नारायणी अस्पतालमा जडान भएका स्तन क्यान्सर जाँच गर्ने  (म्यामोग्राम) र निःसन्तान उपचारका लागि सेवा विस्तार भएको ‘आइयुआई युनिट’को आइतबार शुभारम्भ गर्दै मन्त्री पौडेलले मधेस प्रदेशमा मिर्गौला रोगीको ‘डाइलाइसिस’ गर्नेको सङ्ख्या अत्यधिक रहेकाले विशिष्टकृत उपचार केन्द्रको आवश्यकता औंल्याए।  

‘आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेशमा विशिष्टकृत सेवासहितको मिर्गौलाको उपचार केन्द्र बनाउन बजेट समावेश गरेका छौँ,’  उनले भने ‘अस्पताल कहाँ स्थापना गर्ने भन्ने विषयमा टुङ्गो लागिसकेको छैन। त्यसका लागि गृहकार्य भइरहेको छ । रौतहट, सप्तरी वा अन्य कुनै जिल्लामा हुन सक्छ।’   

मन्त्री पौडेलले सरकारले हाल १३ हजारभन्दा धेरै मिर्गौलारोगीको डाइलाइसिस  गर्दै  आइरहेको जानकारी दिए। 

‘अहिले मिर्गौला रोगीको बिरामी भयावहजस्तै भइरहेको छ। आठ हजारभन्दा धेरै त वैदेशिक रोजगारीबाट फर्किएका नेपालीमा देखिएको छ,’  उनले भने, ‘तीमध्ये चार हजारभन्दा धेरै मधेस प्रदेशका जनताले मिर्गौलाको डाइलाइसिस गर्दै आइरहेकाले मधेस प्रदेशमा मिर्गौलाको उपचार गर्ने विशिष्टकृत अस्पताल स्थापना गर्न लागेका हौँ।’

मन्त्री पौडेलले नारायणी अस्पतालमा छिट्टै ‘क्याथल्याब’ सञ्चालन गर्नुपर्ने  बताए। नारायणी अस्पताललाई एउटा मन्त्री वा मेडिकल सुपरीटेन्डेन्टले मात्रै राम्रो गराउन नसक्ने भएकाले यहाँका राजनीतिक दल समाजसेवी,  सबै तह र तप्काका व्यक्तित्वको हातमालोले मात्रै व्यवस्थित गराउन सकिने उनले उल्लेख  गरे। 

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा चुमनलाल दासले अस्पतालले पछिल्लो समय विभिन्न उपचार थप गर्दै आइरहेको जानकारी दिए।   ‘आजदेखि हामीले निसन्तान दम्पतीका लागि निःशुल्क रूपमा आइयुआई युनिटको शुभारम्भ गरेका छौँ,’ उनले भने, ‘यसले ठूलो सहयोग गर्ने अपेक्षा गरेका छौँ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad