समाज


बद्री केसी नेतृत्वको एनआरएनएको महाधिवेशनका लागि निर्वाचन समिति गठन

बद्री केसी नेतृत्वको एनआरएनएको महाधिवेशनका लागि निर्वाचन समिति गठन

फाइल तस्बिर


नेपालखबर
असार २८, २०८२ शनिबार १५:२३, काठमाडौँ

बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने १२औं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन गरिएको छ।

संघका अध्यक्ष केसीको अध्यक्षतामा शुक्रबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को बैठकले अधिवक्ता डा. राजेन्द्र घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो।

समितिमा बेलायतबाट संघका संस्थापक सचिव चिन्जीबी ढकालसहित टिवि कार्की, प्रितम श्रेष्ठ, होम पाण्डे, प्रकाश सापकोटा र रजनी प्रधान सदस्य रहेका छन्।

यस्तै, संघको निर्वाचन प्रक्रिया अनुगमन गर्न रामप्रताप थापाको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गरिएको छ। उक्त समितिमा संजय थापा, टेकराज निरौला, कमलमणि गुरागाईं, नारायण काफ्ले, अतुल कोइराला र मुक्त गुरुङ सदस्य छन्।

बैठकले भिम उदास, भक्त गुरुङ, डा देवी बस्नेत, ओम गुरुङ, समशेर थापा, यास्मीन बेगम र पुरुषोत्तम बोहोरा सदस्य रहेको न्यायिक समिति पनि गठन गरिएको संघका केन्द्रीय सदस्य चिरन शर्माले जानकारी दिए।

संघको विधानअनुसार अन्तर्राष्ट्रिय महाधिवेशन हुन ३ महिना अगावै यी समितिहरू गठन गर्नु पर्ने कानुनी प्रावधान छ।

शुक्रबारको बैठकमा संघका केन्द्रीय पदाधिकारी, आइसीसी सदस्य, सल्लाहकार लगायतको उपस्थिति थियो। गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन आगामी अक्टोबर ११ देखि १४ सम्म काठमाडौँमा हुँदैछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad