ad ad

समाज


प्रदेश १ का २८२ जनाको रिपोर्ट नेगेटिभ

प्रदेश १ का २८२ जनाको रिपोर्ट नेगेटिभ

नेपालखबर
चैत ३०, २०७६ आइतबार ३:९,

प्रदेश १ मा कोरोना भाइरसको आशङ्कामा स्वाबबाट परीक्षण र रगतको नमूनाबाट ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) गरिएका २८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

थ्रोट स्वाबअन्तर्गत सङ्कलित २११ नमूना परीक्षणका लागि कोशी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएकामा २२ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कले जनाएको छ।

कोरोना भइरस भए÷नभएको छिटो पत्ता लगाउन गरिने ¥यापिड डाइग्नोष्टिक टेस्टअन्तर्गत शनिबार भएको नमूना सङ्कलन परीक्षणमा ९३ जनाको रिपोर्ट नेगेटिभ आएको छ। ७ महिला सहित ९३ जनाको परीक्षण गरिएको थियो।

प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका क्वारेन्टाइनमा राखिएका नागरिकको आरडिटीको परीक्षणको नमूना ल्याउन स्वास्थ्यकर्मीहरु परिचालन गर्ने कार्य जारी छ।

मोरङ, झापा र उदयपुरमा रहेका क्वारेन्टाइनमा बसेका नागरिकको नमूना सङ्कलन गरिएको छ। प्रदेशका क्वारेन्टाइनमा शनिबारसम्म ५९२ छन् भने आइसोलेसनमा १० जनालाई राखिएको छ।

होम क्वारेन्टाइनअन्तर्गत तीन हजार ४१७ छन्। प्रदेशका विभिन्न स्थानमा रहेका आइसोलेसनबाट २२ र क्वारेन्टाइनबाट ५५ जना घर फर्केका छन्।
प्रदेशमा परीक्षण किट्स आएसँगै परीक्षणको दायरा व्यापक हुने मुख्यमन्त्री शेरधन राईले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .