रोल्पाको थबाङ गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी गयल भएपछि सार्वजनिक सूचना जारी गर्दै कार्यालयमा हाजिर हुन भनेको छ।
अध्यक्ष ऋषिकेशव बुढा मगरले बुधबार विज्ञप्ति प्रकाशित गरी ‘कार्यालयको तर्फबाट सम्पर्क गर्दा सबैको मोबाइल अफ रहेकाले कार्यालयको कामकाजमा समस्या भएको हुँदा यथासिघ्र सम्पर्कमा आइदिनुहुन’ आग्रह गरेका छन्।
साथै, जानकारी पाउनेले पालिकामा खबर गरिदिन पनि आग्रह गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहित सात कर्मचारी असार २४ गते ‘कार्यालयको भुक्तानी गर्न ‘ओटीपी कोड’का लागि रुकुम पूर्वमा गई कामकाज गर्न जाने भनि कार्यालयबाट निस्केको र असार २५ गतेसम्म कार्यालयको सम्पर्कमा नआएको, खोजि कार्य गर्दा रुकुम पूर्वमा भटिएको’ विज्ञप्तिमा उल्लेख छ।

108
Shares

प्रतिक्रिया