मंगलबार आएको बाढीपहिराेले क्षतिग्रस्त बनेको रसुवाको स्याफ्रुबेसी- टिमुरे सडक खण्डको मर्मतमा नेपाली सेना जुटेको छ।
वर्षा र बाढीको कारण यो सडक खण्डका विभिन्न स्थानमा गएको पहिरो हटाउने र भत्किएको सडक मर्मत गर्ने काममा नेपाली सेना खटिएका हुन्।
सेनाको श्रीनाथ गणको टोली गोसाईंकुण्ड गाउँपालिका-५, चिलिमे हाइड्रोपावर र गोसाईंकुण्ड गाउँपालिका-५ रोंगापुल इलाकामा खटिएका हुन्।
मंगलबार स्थानीय भोटेकोसीमा ठूलो बाढी आउँदा रसुवागढी क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।
ठाउँठाउँमा सडक कडान हुँदा र पहिरो खस्दा अहिले स्याफ्रुबेसी-टिमुरे सडक खण्ड अवरुद्ध छ।




543
Shares

प्रतिक्रिया