समाज


रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणालीमा असर : मन्त्री अधिकारी

रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणालीमा असर : मन्त्री अधिकारी

फाइल तस्बिर


नेपालखबर
असार २५, २०८२ बुधबार १२:१२, काठमाडौँ

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन, जैविक श्रोतहरुको ह्रास, रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताए। 

कृषि क्षेत्र जलवायु जोखिमप्रति संवेदनशील भएको हुँदा अबको नीति निर्माणमा हरित कृषि, जैविक खेती, पर्याावरण अनुकुलन प्रवद्धन र नवीन कृषि प्रणालीमा ध्यान दिनुपर्ने जरुरी रहेको अधिकारीले बताए।

मन्त्री अधिकारीले भने, ‘जलवायु परिवर्तन, जैविक श्रोतहरुको ह्रास, रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले हाम्रो कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ। हरित अर्थतन्त्रले दीर्घकालीन बाटो देखाएको छ। हाम्रो कृषि क्षेत्र जलवायु जोखिमप्रति संवेदनशील भएको हुँदा हामीले अबको नीति निर्माणमा हरित कृषि, जैविक खेती, पर्याावरण अनुकुलन प्रवद्धन र नवीन कृषि प्रणालीमा ध्यान दिनुपर्छ।’

मन्त्री अधिकारीले आगामी नीति, बजेट र कार्यक्रमहरुमा हरित दृष्टिकोणलाई मुख्य नारा बनाएर अघि बनाएर अघि बढ्न आवश्यक रहेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad