ad ad

समाज


गिलियड साइन्सेस भन्छः कोरोनाका बिरामीलाई फाइदा गर्‍याे याे औषधिले, निकै आशा जगायो

गिलियड साइन्सेस भन्छः कोरोनाका बिरामीलाई फाइदा गर्‍याे याे औषधिले, निकै आशा जगायो

नेपालखबर
चैत २९, २०७६ शनिबार १२:५३,

कोरोना भाइरस संक्रमित (कोभिड-१९) बिरामीलाई परीक्षणका लागि खुवाइएको एउटा औषधिले निकै फाइदा पुर्‍याएकाे अमेरिकी औषधि निर्माता कम्पनी गिलियड साइन्सेसले दाबी गरेको छ।

उसका अनुसार कोभिड-१९ का ५३ बिरामीलाई परीक्षणका लागि दिइएको औषधिले उत्साहजनक नतिजा दिएको हो।

उनीहरूलाई भाइरसविरुद्ध प्रयोग गर्ने गरिएको ‘रेम्डेसिभिर’ औषधि दिइएको र त्यसले ५३ बिरामीमध्ये ३० जनाभन्दा बढीलाई फाइदा पुर्‍याएकाे बीबीसीले जनाएको छ।

अध्ययनमा सहभागी वैज्ञानिकहरूले परीक्षणको परिणामलाई सुखद र आशायुक्त भनेका छन्।

तर थप अध्ययन र नतिजापछि मात्रै एउटा निष्कर्षमा पुग्न सकिने उनीहरूले बताएका छन्। 

रेम्डेसिभिर औषधिको बृहत् परीक्षणको परिणाम अब केही साताभित्र आउने वैज्ञानिकहरूले जानकारी दिएका छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .