भोटेकोसी बाढीमा बेपत्ता हुनेको संख्या २० पुगेको छ। पछिल्लो ३:५० बजेको अपडेटअनुसार गोरखाका २ जना पनि सम्पर्कबिहीन भएको जानकारी आएकाले बेपत्ताको संख्या २० पुगेको रसुवा प्रहरीले जनाएको हो।
प्रहरीका गोरखाको पालुङ्टा नगरपालिका ६ का डीलबहादुर तामाङ र धनबहादुर तामाङ पनि बेपत्ता भएका हुन्। यसअघि सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार भन्सार यार्डमा काम गर्नेमध्ये ९ नेपाली र ६ जना चिनियाँ गरी १५ जना सम्पर्कविहीन थिए।
नेपाली सेनाका अनुसार रसुवामा मंगलबार बिहान भोटेकोसीको आएको बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये ५१ जना पुरुष र ४ जना महिला छन्।
यस्तै उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत ३ जना प्रहरी कर्मचारी पनि बाढीमा बेपत्ता छन्। यस्तै, बाढीले रसुवागढीमा १०० वटा भन्दाधेरै गाडी बगाएको छ।
यी हुन् बेपत्ता ३ प्रहरी
-प्रहरी चौकी हाकु रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत जिल्ला रामेछाप लिखु तामाकोसी गाउँपालिका वडा नं. ४ बस्ने वर्ष ४२ का प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ
-जिल्ला प्रहरी कार्यालय पर्सा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत जिल्ला बारा फेटा गाउँपालिका वडा नं.०१ बस्ने वर्ष २४ का प्रहरी जवान मुन्ना ठाकुर
-प्रहरी चौकी लाङटाङ रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत जिल्ला बझाङ बुंगल नगरपालिका वडा नं. ९ बस्ने वर्ष २३ का प्रहरी जवान लोकेन्द्र बोहोरा
यी हुन् बेपत्ता ११ नेपाली नागरिक
-बर्दियाका ३६ वर्षीया जिपन चौधरी
-त्यही जिल्लाका वर्ष ३५ का सन्तोष दइत
-बर्दियाकै वर्ष २५ का बुद्धिराम राम थारु
-त्यही जिल्लाका वर्ष २४ का लक्ष्मीनारायण थारु
-बर्दियाकै वर्ष ३० का सुरेश थारु
-बागलुङ घर भएका वर्ष नखुलेका नरेन्द्र वि.क.
-सिन्धुपाल्चोक घर भएका कन्टेनर डिब्बा चालक वर्ष नखुलेका फुर्वा लामा
-ठेगाना नखुलेको मिक्चर चालक गोविन्द मोक्तान
-ठेगाना नखुलेका हाइलक्स चालक लोकमान तामाङ
-गोरखाको पालुङ्टार नगरपालिका-६ का डीलबहादुर तामाङ
-गोरखाको पालुङ्टार नगरपालिका ६का धनबहादुर तामाङ
यस्तै बाढीमा ६ जना चिनियाँ नागरिक पनि हराइरहेका छन्।
-चिनियाँ पुरुष यु युए
-चिनियाँ पुरुष लि हुक्वाइङ
-चिनियाँ पुरुष नै याङ चुआन
-चिनियाँ पुरुष यु हाइ हाङ
-चिनियाँ पुरुष यु छिआओ कुई
-चिनियाँ पुरुष जोउ योङ
Shares

प्रतिक्रिया