समाज


यी हुन् भोटेकोसीको बाढीमा बेपत्ता १८ जना (नामावली)

पाँच व्यक्ति बर्दियाका, उत्तरगयाधामको खोला किनारमा पुरुषको शव भेटियो
यी हुन् भोटेकोसीको बाढीमा बेपत्ता १८ जना (नामावली)

नेपालखबर
असार २४, २०८२ मंगलबार ११:४२, काठमाडौँ

रसुवामा मंगलबार बिहान भोटेकोसीको बाढीमा परी बेपत्ताहरूको पहिचान सार्वजनिक गरेको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार भन्सार यार्डमा काम गर्नेमध्ये ९ नेपाली र ६ जना चिनियाँ गरी १५ जना सम्पर्कविहीन छन्। 

यस्तै उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत ३ जना प्रहरी कर्मचारी पनि बाढीमा बेपत्ता छन्।

यी हुन् बेपत्ता ३ प्रहरी

-प्रहरी चौकी हाकु रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत जिल्ला रामेछाप लिखु तामाकोसी गाउँपालिका वडा नं. ४ बस्ने वर्ष ४२ का प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ

-जिल्ला प्रहरी कार्यालय पर्सा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत जिल्ला बारा फेटा गाउँपालिका वडा नं.०१ बस्ने वर्ष २४ का प्रहरी जवान मुन्ना ठाकुर

-प्रहरी चौकी लाङटाङ रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत जिल्ला बझाङ बुंगल नगरपालिका वडा नं. ९ बस्ने वर्ष २३ का प्रहरी जवान लोकेन्द्र बोहोरा 

यी हुन् बेपत्ता ९ नेपाली नागरिक

-बर्दियाका ३६ वर्षीया जिपन चौधरी

-त्यही जिल्लाका वर्ष ३५ का सन्तोष दइत

-बर्दियाकै वर्ष २५ का बुद्धिराम राम थारु

-त्यही जिल्लाका वर्ष २४ का लक्ष्मीनारायण थारु

-बर्दियाकै वर्ष ३० का सुरेश थारु

-बागलुङ घर भएका वर्ष नखुलेका नरेन्द्र वि.क.

-सिन्धुपाल्चोक घर भएका कन्टेनर डिब्बा चालक वर्ष नखुलेका फुर्वा लामा

-ठेगाना नखुलेको मिक्चर चालक गोविन्द मोक्तान

-ठेगाना नखुलेका हाइलक्स चालक लोकमान तामाङ 

यस्तै बाढीमा ६ जना चिनियाँ नागरिक पनि हराइरहेका छन्। 

नामावली

-चिनियाँ पुरुष यु युए

-चिनियाँ पुरुष लि हुक्वाइङ

-चिनियाँ पुरुष नै याङ चुआन

-चिनियाँ पुरुष यु हाइ हाङ

-चिनियाँ पुरुष यु छिआओ कुई

-चिनियाँ पुरुष जोउ योङ 

यसैबीच रसुवा उत्तरगया गाउँपालिका-५ उत्तरगयाधामको खोला किनारमा एकजना पुरुषको शव भेटिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। 

पुरुष व्यक्तिको दाहिने खुट्टासहित गुप्ताङ्ग फेला परेका पुरुषको पहिचान गर्ने प्रयास भइरहेको छ।

रसुवा प्रहरीका अनुसार चीन क्षेत्रमा परेको भीषण वर्षाका कारण रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ रसुवागढीमा मंगलबार बिहान ३ बजेतिर बाढी आएको हो। 

बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएकाले मंगलबार बिहान ४ बजेदेखि आवतजावत बन्द भएको छ। 

यस्तै बाढीले गोसाइँकुण्ड २ मा रहेको ईभी चार्जिङ स्टेसनमा रहेका ७/८ वटा गाडी बगाएको छ। 

यसैगरी भन्सार कार्यालय रसुवाको यार्ड र रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको जानकारी प्रहरीले दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad