धादिङकी १६ वर्षीया एक किशोरी विगत चार दिनदेखि बेपत्ता भएकी छन्।
धादिङको गंगाजमुना गाउँपालिका-८ घर भइ पोखरा बस्दै आएकी १६ वर्षीया अनुषा विक असार २० गतेदेखि बेपत्ता भएकी हुन्।
पोखरा महानगरपालिका वडा नम्बर-४ बस्दै आएकी बिक आफूखुसी घरबाट निस्किएर हिँडेको भन्दै अभिभावकले खोजीको लागि प्रहरीलाई अनुरोध गरेका छन्।
अभिभावकले आफन्त, साथीसङ्गीकोमा खोजतालास गर्दा फेला नपरेको भन्दै प्रहरीले किशोरीको हुलिया सार्वजनिक गरेको छ। किशोरीलाई कहिँकतै देखेभेटे प्रहरीलाई खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ।
480
Shares

प्रतिक्रिया