समाज


थाहामा अक्सिजन प्लान्ट खरिद गर्दा एक करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोप

थाहामा अक्सिजन प्लान्ट खरिद गर्दा एक करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोप

नेपालखबर
असार २२, २०८२ आइतबार २१:५८, काठमाडौँ

मकवानपुरको थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसहित पाँचजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय पुरी, तत्कालीन लेखा अधिकृत हरि बहादुर खपाङ्गी मगर, तत्कालीन ईन्जिनियर सन्तोष बोहरा र सहायक पाँचौ सुदर्शन पहेली, प्रदेश स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रका तत्कालीन बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, शुभारम्भ सर्भिस ट्रेडर्स प्रा.लि. तथा उक्त  प्रा.लि.का अध्यक्ष/प्रोप्राइटर सोबित प्रसाईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरूविरुद्ध जनही रु.१ करोड १० लाख १ हजार १९९ रुपैयाँ ७५ पैसा बिगो कायम गरी कैद र जरिवानासमेत माग गरिएको छ।

आर्थिक वर्ष २०७८/७९ मा अक्सिजन जेनेरेसन प्लान्ट खरिदको लागि प्रदेश सरकारबाट ५५ लाख र संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १ करोड गरी जम्मा रु.१ करोड ५५ लाख बजेट विनियोजन भएकोमा आपसी मिलेमतोमा बदनियतपूर्वक स्वीकृत स्पेशिफिकेसनमा उल्लेखित विशेषता भन्दा फरक प्रवृति एवं प्रविधिको सामान उपलब्ध गराउन प्रस्तावक सुभारम्भ सर्भिस ट्रेडर्स प्रा.लि. ले पेश गरेको रु.१ करोड १० लाख १ हजार १९५ रुपैयाँ ७५ पैसा को बोलपत्रलाई प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण गराई सम्झौता गरेको अख्तियारको ठहर छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad