समाज


महेश श्रेष्ठको आरोप– बद्री केसीले एआरएनए फुटाउन खोजे

महेश श्रेष्ठको आरोप– बद्री केसीले एआरएनए फुटाउन खोजे

नेपालखबर
असार १९, २०८२ बिहिबार १८:२३, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश श्रेष्ठले संस्थाको एकता भंग गर्ने प्रयास भइरहेको भन्दै गम्भीर आरोप लगाएका छन्।

विशेषगरी बद्री केसी र उनको समूहले बेल्जियम, नेदरल्याण्ड, कतार, युएई लगायतका देशहरूमा एआरएनएको समानान्तर समिति गठन गरेर राष्ट्रिय समन्वय परिषद्हरुमा फुटको सुरुआत गरेको उनले आरोप लगाएका छन्।

‘एनआरएनएको केन्द्रको विवादका कारण राष्ट्रिय समन्वय परिषदहरुमा विवाद गर्नु हुँदैन, विभाजन गर्न हुँदैन भन्ने हाम्रो मान्यता विपरित उक्त समूहद्वारा विभिन्न देशहरुमा समानान्तर समितिहरु वनाउने जुन हर्कत गरिएको छ, यसको हामी घोर भ्रत्सना गर्दछौँ,’ श्रेष्ठको भनाइ छ।

यस विषयमा संघले विज्ञप्ति समेत जारी गरेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad