कारोबार


भदौमा हुने नाडा अटो शोका लागि बाँडियो स्टल, यी ब्रान्ड हुँदै छन् सहभागी

भदौमा हुने नाडा अटो शोका लागि बाँडियो स्टल, यी ब्रान्ड हुँदै छन् सहभागी

नेपालखबर
असार १९, २०८२ बिहिबार १८:२९, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा भदौ ३ देखि ८ गतेसम्म हुने यस वर्षको नाडा अटो शोको स्टल वितरण सकिएको छ। 

भृकुटीमण्डपमा आयोजना हुने अटो शोमा चार पांग्रेलाई १८, दुईपांग्रेलाई ४, हलुका कमर्सियल भेहिकललाई १३ र सबैभन्दा बढी अटो कम्पोनेन्टहरुलाई ४० स्टल वितरण गरिएको हो। 

यसअनुसार चारपांग्रेतर्फ दीपल, अवतार, डोङफेङ नामी, सेरेस, टाटा, सुजुकी, टेस्ला, आयन, एक्सपेङ, रिडारा, स्काई वेल, बीवाईडी, फोटोन, बउ ब्रम्बी, जि एयर, ब्लाभल, एलएस अटो, जिनपेङ सहभागी हुने सुनिश्चित भएको छ। 

त्यसैगरी दुईपांग्रेतर्फ हिरो, रोयल इन्फिल्ड, जन्सन र यामाहाले सहभागिता जनाउनेछन्। यता, लाइट कमर्सियल भेहिकलतर्फ न्यु गोनाउ, डीएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सीजी केवाईसी/किङलङ, मोन्त्रा, स्काईवर्थ, काइनिउ, कावेई/नवेको, सनलङ सहभागी हुने भएका छन्। 

अटो कम्पोनेन्टतर्फ एसियन, गल्फ, डकह्याम्स, एटीएस एल्गी/एल्गी, माफ्रा, म्याक्साइन, वेभएक्स/कुरुमा, मासिमो नेपाल, मिसेलिन, लिक्वी मोली, एसटीसी राइड/इनर्जी, सिट टायर, जेके/गुड टायर, स्पाइसर, भल्कान, आईटीआर/एटीएफ/यूएसबी/होब, सीवाईजी, केपीआई एन्ड कोहिनुर, मनाटेक, इलेक्ट्रिक भेहिकल चार्जर, टाटा ग्रिन, टोटल इनर्जी, स्टड्स/एसएमके, माइक्रोबिज, होराइजन एफसीटी, म्याक, पीएलओ आदि रहेका छन्। 

२०५५ सालदेखि हुँदै आएको नाडा अटो शोमा सवारीसाधन र कम्पोनेन्टका अतिरिक्त मेड इन नेपाल पवेलियन, विन्टेज कार पवेलियन, अटो डायलग (नीति र प्रवृत्तिसम्बन्धी संवाद), इटेरी, क्याफेका साथै एक विशेष प्रदर्शन छिटै सार्वजनिक गरिने नाडाले उल्लेख गरेको छ। 

यसपटकको शोको शीर्ष प्रायोजक एमएडब्लु ग्रुप अफ कम्पनिज रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad