महिलाका अश्लील सामाग्री बनाइ बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घर भइ हाल काठमाडौँको टोखा नगरपालिका–२९ वर्षका रमेश थापालाई पक्राउ गरेको हो।
उनले नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला र पुरुषहरूसँग रकम लिइ भिडियो कलमार्फत अश्लील क्रियाकलापहरूमा सहभागी गराउने तथा महिलाको अश्लील सामग्री बनाइ बिक्री वितरण गरेको प्रहरीको दाबी छ।
उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२१ बमोजिमको अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने कसुरमा ५ दिन म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ।
2.0k
Shares

प्रतिक्रिया