खेल


ललितपुर क्‍विन्सको मुख्य प्रशिक्षकमा उत्सव खड्कालाई नै निरन्तरता

ललितपुर क्‍विन्सको मुख्य प्रशिक्षकमा उत्सव खड्कालाई नै निरन्तरता

नेपालखबर
असार १६, २०८२ सोमबार १४:३६, काठमाडौँ

एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि फ्रेन्चाइज टोली ललितपुर क्‍विन्सले मुख्य प्रशिक्षकमा उत्सव खड्कालाई नै निरन्तरता दिएको छ।

अघिल्लो सिजनको फाइनलिष्ट टोली ललितपुरले यो सिजन पनि उत्सवलाई नै मुख्य प्रशिक्षकमा निरन्तरता दिएको हो।  एफआईभीबी लेभल ३ सर्टिफाइड उत्सवले यो सिजन उपाधि जित्ने लक्ष्यका साथ क्लवमा जोडिएको बताए। 

उनले भने, ‘ललितपुर क्विन्सले फेरि ममाथि विश्वास गरेकोमा धन्यवाद दिन चाहन्छु। यस सिजन उपाधि हाम्रो सुन्दर सहर ललितपुरमा ल्याउनेछौं।’

ललितपुर क्विन्सले खड्काको पुनरागमनलाई गर्वका रुपमा लिएको बताएको छ। उनको नेतृत्वमा टोलीले अझै उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएको बताएको छ। 

अघिल्लो सिजन ललितपुरलाई हराउँदै कर्णाली यश्विजले उपाधि उचालेको थियो। प्रतियोगिता भदौ २० देखि २८ गतेसम्म हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad