ad ad

समाज


भारतमा पनि तीव्र बन्दै कोरोना संक्रमण, एकै रातमा ३० जनाको मृत्यु

भारतमा पनि तीव्र बन्दै कोरोना संक्रमण, एकै रातमा ३० जनाको मृत्यु

नेपालखबर
चैत २८, २०७६ शुक्रबार ४:५०,

विश्व महामारी कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भारतमा पनि तीव्र बन्दै गएको छ। बिहीबार राति मात्रै त्यहाँ यो यसबाट ३० जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुने बिरामीको संख्या १ सय ९९ पुगेको छ।

यस्तै बिहीबार राति नै ५ सय ४७ जना नयाँ संक्रमित फेला परेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। योसमेत गरे भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६ हजार ४ सय १२ पुगेको छ।

साथै ५ सय संक्रमित भने उपचारपछि निको पनि भएका छन्।

भारतमा कोरोनाको संक्रमण सबैभन्दा बढी महाराष्ट्र, तमिलनाडु र दिल्लीमा देखिएकाे छ।

कोरोनाका कारण भारतमा सबैभन्दा बढी महाराष्ट्रमा मात्रै ९७ जनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .