ad ad

समाज


काठमाडौंमा शुक्रबार बिहानै सडकमा निस्कने साढे ५ सय जना परे कारबाहीमा

काठमाडौंमा शुक्रबार बिहानै सडकमा निस्कने साढे ५ सय जना परे कारबाहीमा

नेपालखबर
चैत २८, २०७६ शुक्रबार ३:५८,

काठमाडौं उपत्यकामा शुक्रबार बिहान लकडाउन (आवतजावत बन्द) उल्लंघन गर्ने साढे पाँच सय जनालाई प्रहरीले कारबाही गरेको छ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गरी सडकमा निस्किएका ५ सय ६७ जनालाई प्रहरीले ठाउँको ठाउँ उभ्याएको (होल्ड गरेको) हो।

पहिले लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले हिरासतमा राख्ने गरेको थियो। तर त्यसो गर्दा कारबाही पर्ने व्यक्ति तथा पक्राउ गर्ने प्रहरी दुवै पक्ष कोरोना संक्रमणको जोखिममा पर्ने भएकाले अहिले प्रहरीले त्यस्ता व्यक्तिलाई सडकमा जहाँ भेट्यो त्यहीँ २ घण्टा उभ्याउने नीति लिएको हो।

सरकाले पछिल्लोपटक लकडाउनको अवधि वैशाख ३ गतेसम्मका लागि लम्बाएको छ। यस अवधिमा अति आवश्यक काम नपरी घरबाट बाहिर ननिस्कन देशभरका नागरिकलाई सरकारले आग्रह गरेको छ।

कोरोना महामारी नियन्त्रणका लागि लकडाउन एक सफल उपाय भएकाले सरकारले यसमा कडाइ गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .