ad ad

समाज


बागलुङमा सुरु भयाे र्‍यापिड टेष्ट, पहिलो दिन १४ जनाको कोरोना परीक्षण

बागलुङमा सुरु भयाे र्‍यापिड टेष्ट, पहिलो दिन १४ जनाको कोरोना परीक्षण

खेमराज गौतम
चैत २८, २०७६ शुक्रबार ३:५१,

कोरोना संक्रमणको उच्च जोखिममा रहेको बागलुङमा द्रुत परीक्षण (र्‍यापिड टेष्ट) को पहिलो दिन बिहीबार १४ जनाको नमूना परीक्षण भएको छ।

बुधबार साँझमात्रै स्वास्थ्य सेवा विभागको टोली र्‍यापिड टेष्ट किट र अन्य सामग्रीसहित बागलुङ पुगेको थियो। स्वास्थ्य सेवा विभागका वरिष्ठ मेडिकल ल्याब टेक्निसियन धनप्रसाद पौडेलेले बिहीबार बबागलुङ, पर्वत र म्याग्दीका ल्याब टेक्निसियनसँग रहेर धवलागिरि अञ्चल अस्पतालमा कोरोनाको नमूना परीक्षण सुरु गरेका हुन्।

धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.शैलेन्द्र बी पोखरेलले उच्च जोखिममा रहेको बागलुङमा र्‍यापिड टेष्ट टेष्ट शुरु गर्दा छिमेकी जिल्लाका ल्याब टेक्निसियनलाई समेत सहभागी गराइएको जानकारी दिए।

पौडेलका अनुसार एक हजारको र्‍यापिड टेष्ट टेष्ट गर्ने किट, दुई थान अत्याधुनिक भेन्टिलेटर, १०० थान पर्सनल प्रोटेक्टिभ इक्वियुपमेन्ट (पिपीइ) र एक हजार थान मास्क अस्पताललाई अस्तान्तरण गरिएको छ।

टोलीले बिहीबार अञ्चल अस्पतालमा कार्यरत तीन ल्याब टेक्निसियन तथा स्वास्थ्यकर्मीको नमूनाका रुपमा कोरोना परीक्षण गरेको थियो। अस्पतालका ल्याब टेक्निसियन सुरज बराल, स्वास्थ्यकर्मी देवप्रसाद घिमिरे र डिल्लीप्रसाद आचार्यकोर्‍यापिड टेष्ट टेष्ट गरी बागलुङमा कोरोना परीक्षणको शुरुआत गरिएको हो।

उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो। किटको सहायताबाट कोरोना परीक्षण गर्दा १५ मिनटमै कोरोनाको नतिजा आउने पौडेलले बताए।

कोरोना नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुको नेतृत्वमा गठन भएको कमाण्ड पोष्टको बैठकले चैत २७ गतेदेखि २०७७ वैशाख १ गतेसम्म ८९३ जनाको कोरोना परीक्षण गर्ने निर्णय गरेको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए।

हाल बागलुङमा दुई कोरोना भाइरसका सङ्क्रमित छन्। उनीहरुको धवलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ। सरकारले जिल्लामा रहेका दुई सङ्क्रमित, तीनका परिवार, सम्पर्क सम्बन्धमा रहेका र अन्य विदेशबाट आएका शङ्कास्पद गरी ८९३ जनाको कोरोना परीक्षण गर्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .