समाज


काठमाडौँसहित यी ३५ जिल्लामा आज बाढी र पहिरोको जोखिम, उच्च सावधानी अपनाउन सुझाव

काठमाडौँसहित यी ३५ जिल्लामा आज बाढी र पहिरोको जोखिम, उच्च सावधानी अपनाउन सुझाव

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
असार १४, २०८२ शनिबार १०:४८, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार १४, शनिबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ।

बाढी महाशाखाका अनुसार आज बागमतीलगायत देशका ठूला नदी आसपास तथा काठमाडौँसहित ४७ जिल्लामा सतर्कता अपनाउन आवश्यक छ।

आज कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने अनुमान भए पनि बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ। 

अनि जिल्लाका हिसाबले आज काठमाडौँ, ललितपुर, भक्तपुर, बागलुङ, म्याग्दी, पर्वत, बैतडी, दार्चुला र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएकाले उक्त जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको बाढी महाशाखाको भनाइ छ। 

साथै आज संखुवासभा, ताप्लेजुङ, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुमपश्चिम, रोल्पा, सल्यान, प्युठान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डडेलधुरा, डोटी, बझाङ, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएकाले उक्त नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

उल्लिखित ३५ जिल्लामा आज खोला/नदीका साथै पहिरोग्रस्त क्षेत्रमा पनि उच्च सावधानी आवश्यक रहेको बाढी महाशाखाले जनाएको छ। 

यसैगरी झापा, इलाम, पाँचथर, सोलुखुम्बु, रामेछाप, भोजपुर, नुवाकोट, धादिङ, रौतहट, रुकुमपूर्व, दाङ, बर्दिया र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिमको अनुमान रहेकाले उक्त नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad