समाज


सीमित स्रोत साधनमा उत्कृष्ट काम गर्न जरुरी छ: गृहमन्त्री लेखक

सीमित स्रोत साधनमा उत्कृष्ट काम गर्न जरुरी छ: गृहमन्त्री लेखक

नेपालखबर
असार १२, २०८२ बिहिबार १६:३३, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बलको परिचालनलाई अझै प्रभावकारी बनाउन जरुरी रहेको बताएका छन्।  सशस्त्रको मुख्यालयमा आयोजित वरिष्ठ अधिकृत सम्मेलन-०८२ को समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।    

लेखकले सशस्त्रले सीमा सुरक्षा जस्तो संवेदनशील कार्यमा उत्कृष्ट योगदान दिएको पनि बताए। 

राजस्व चुहावट नियन्त्रण, विपद् व्यवस्थापन जस्ता कार्यमा सशस्त्रको भूमिका महत्त्वपूर्ण रहेको लेखकको भनाइ थियो। लेखकले धेरै ठाउँमा सशस्त्र प्रहरीका युनिट स्थापना गर्न आम नागरिकबाट माग आएको बताउनुहुँदै उनले यो नागरिकको विश्वास बढेको उदाहरण भएको चर्चा गरे। 

सीमित स्रोत साधनले काम गर्नु पर्ने अवस्था रहे पनि यसमा सशस्त्र प्रहरी बलको कार्यसम्पादन उत्कृष्ट लेखकको भनाइ छ।  गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले यो सम्मेलनका निचोड महत्त्वपूर्ण भएको उल्लेख गरे। 

संगठनप्रति मन्त्रालयको भरोसा रहेको बताउँदै उनले अझ प्रभावकारी कार्य सम्पादनको अपेक्षा  रहेको बताए। विपद् व्यवस्थापनका लागि उपकरणलगायत सबै तहको सामूहिक साझेदारी आवश्यक रहेको उनको भनाइ छ।  

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मेलन नतिजामुखी बनाउने र संगठनको समसामयिक विषयमा छ्लफल भएको बताए। प्रतिवद्धतालाई कर्ममा बदल्दै राज्यले दिएको जिम्मेवारी पूरा गर्न संगठन लागिरहेको भन्दै उनले आम नागरिकको सुरक्षा, विपद् उद्दार लगायतका कार्यमा थप प्रभावकारी कार्य गरिने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad