बागमती


बजेटमा सत्तारुढ दलकै सांसद असन्तुष्ट बनेपछि बागमती प्रदेशसभाको बैठक स्थगित

बजेटमा सत्तारुढ दलकै सांसद असन्तुष्ट बनेपछि बागमती प्रदेशसभाको बैठक स्थगित

फाइल फोटो


नेपालखबर
असार १२, २०८२ बिहिबार १६:३९, मकवानपुर

बागमती प्रदेशसभाको आज बिहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारणबस स्थगन भएको छ।

यही असार १६ गते दिउँसो १ बजे बस्नेगरी आजको बैठक सूचना टाँस गरी स्थगित गरिएको प्रदेशसभाका सचिव रामकुमार पौडेलले जानकारी दिए।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सत्तापक्ष र प्रतिपक्ष दलसँगको सहमतिअनुसार असार १६ गते दिउँसो १ बजे बैठक बस्नेगरी सबै सांसदलाई सूचना सम्प्रेषण गरिएको जानकारी दिए। 
    
गत असार १ गते प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले सरकारकोतर्फबाट आगामी आव २०८२र८३ का लागि बजेट विनियोजित गरिँदा निष्पक्ष र पारदर्शी नभएको भन्दै सत्तापक्ष दलका केही सांसद र प्रतिपक्ष दलका केही सांसदले प्रतिरोध गरेपछि बैठक नियमित बस्न सकेको छैन।

सभामुख पाठकले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदसँग सहमति जुटाउने प्रयास गरिएको जनाउँदै सहमतिअनुसार असार १६ गते दिउँसो १ बजे बैठक बस्ने उल्लेख गरे। 

राप्रपा संसदीय दलका नेता उद्धव थापा र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले सत्तापक्ष दलका केही सांसद र प्रतिपक्ष दलका केही सांसदले प्रतिरोधका कारण आजको बैठक स्थगित भएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad