समाज


स्कोरपियोको ठक्करबाट २५ वर्षीय ठाकुरको ज्यान गयो

स्कोरपियोको ठक्करबाट २५ वर्षीय ठाकुरको ज्यान गयो

नेपालखबर
असार १२, २०८२ बिहिबार १२:३१, काठमाडौँ

सुनसरीस्थित बर्जु गाउँपालिका-१ को सुक्रबारेमा स्कोरपियोको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ। विराटनगरबाट चिमडीतर्फ आउँदै गरेको स्कोरपियोको ठक्करबाट शुक्रबारेकै साइकलयात्री २५ वर्षीय दीपचन ठाकुरको मृत्यु भएको हो। 

हालसम्म नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो। त्यहीँ उपचारको क्रममा उनको निधन भएको हो। ठक्करपछि फरार चालक र स्कोरपियोको खोजी जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad