पश्चिम नवलपरासीमा एक युवकको वेवारिसे शव फेला परेको छ।
बिहीबार बिहान साढे ६ बजेतिर नवलपरासीको रामग्राम नगरपालिका-१ सण्डामा सनाखत हुन नसकेको करिब ३० वर्षीय युवकको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव निरीक्षक बरजित कामीका अनुसार ती युवकको शव सडकमा ढलिरहेको अवस्थामा फेला परेको हो।
उक्त शव पोस्टमार्टम तथा सनाखतको लागि पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा राखिएकाे प्रहरीले जनाएकाे छ। प्रहरीले मृतकको अनुहार सार्वजनिक गर्दै ती युवकलाई चिन्ने जान्ने व्यक्तिले आफन्तलाई खबर गरिदिन पनि अनुरोध गरेको छ।
441
Shares

प्रतिक्रिया