समाज


कतारको उडान प्रभावित भएपछि काठमाडौँमा यात्रुको विरोध

कतारको उडान प्रभावित भएपछि काठमाडौँमा यात्रुको विरोध

नेपालखबर
असार १०, २०८२ मंगलबार ८:११, काठमाडौँ

इराकले कतारस्थित अमेरिकी सैन्य अखडामा गरेको आक्रमणपछि विभिन्न देशबाट कतारमा हुँदै आएको उडान प्रभावित भएको छ। 

कतारमा हवाई उडान रद्द गरिएको बिरोधमा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरु भेला भएका छन्। नेपालसहित विभिन्न देशका यात्रुले विमानस्थमा भेला भएर हवाई उडान रद्ध गरिएको घटनाको विरोध गरेका छन्। 

गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि उडेको जहाज मस्कट डाइभर्ट भएको थियो। दोहा विमानस्थल बन्द भएपछि मस्कट डाइभर्ट भएको जहाज पुनः दोहामा अवतरण भएको छ। 

कतारको नागरिक उड्डयन प्राधिकरणले हवाई यातायात सामान्य अवस्थामा फर्किएको घोषणा गरेपछि काठमाडौँबाट उडेको कतार एयरवेज विमान दोहामै अवतरण गरेको हो।

यो विमान नेपाली समय अनुसार गए राति २ः२९ बजे दोहा ल्याण्ड भएको त्यहाँको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

दोहा विमानस्थल पुःन सञ्चालनमा आएपछि विभिन्न गन्तव्यका लागि कतारमा रोकिएका उडान पनि नियमित भएका छन्। 

इरानले मिसाइल प्रहार गरेपछि उत्पन्न भएको असुरक्षाका कारण कतारले आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो। यसबाट लाखौँ यात्रु प्रभावित बनेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad