समाज


कमलादीमा आगलागी

कमलादीमा आगलागी

आगलागी नियन्त्रणमा खटिएका सैनिक।


नेपालखबर
असार १०, २०८२ मंगलबार ८:२३, काठमाडौँ

काठमाडौँको कमलादीमा आज बिहान आगलागी भएको छ। 

कमलादीस्थित यूनी ग्लोवल कलेजको अगाडी रहेको हामा स्टिलमा मंगलबार बिहान आगलागी भएको प्रहरीले जनाएको छ। 

नेपाली सेनाको श्री नरसिंहदल गणबाट गएका सैनिक जवान, प्रहरी लगायतका सुरक्षा निकायको सक्रियतामा आगलागी नियन्त्रणमा आएको छ। 

आगलागी नियन्त्रणमा काठमाडौँ महानगरपालिकाको दमकल र स्थानीयवासी पनि खटिएका थिए। 

आगलागीबाट भएको क्षतिको विवरण भने सार्वजनिक भएको छैन। आगलागीको कारण पनि खुलेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad