समाज


राशिफल ९ असार: तुलाको दिन संघर्षमय, मिथुनलाई चोटपटकको भय, तपाईँको के?

राशिफल ९ असार: तुलाको दिन संघर्षमय, मिथुनलाई चोटपटकको भय, तपाईँको के?

ज्यो. मेनुका दाहाल
असार ९, २०८२ सोमबार ४:३८, काठमाडौँ

आज सोमबार, ९ असार २०८२ (२३ जुन २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: महत्त्वपूर्ण कामको थालनी हुनेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रेम र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। मनमा शान्ति छाउला। धार्मिक कार्यमा रुचि बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

वृष: रोकिएको धन हात पर्नेछ। काम अगाडि बढाउन आफन्तले सहयोग गर्नेछन्। घरमा अतिथिको आगमन होला। बौद्धिक कार्यमा सरिक भइनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। वैदेशिक कार्य अघि बढ्ला।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८२, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

मिथुन: सहकर्मीबाट विरोध आउला। चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ। यात्रामा मालसामान हराउन सक्छ। मनमा चञ्चलता बढ्नेछ। चोटपटकको भय छ, सचेत रहनुहोला।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ६०, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

कर्कट: विनाप्रतिस्पर्धा फाइदा हुने योग छ। ठिक समयमा सही निर्णय लिन सकिनेछ। पुरानो र बिर्सिसकेको साथीसँग भेट होला। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। घरजग्गाको कारोबारमा सफलता मिल्ला।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

सिंह: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। लामो समयदेखिका बाधा स्वत: फुकुवा हुनेछन्। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। साथीभाइसँग समय बित्नेछ।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ४०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

कन्या: कुनै कुराले मनमा शान्ति छाउनेछ। नयाँ कार्यको योजना बन्ला। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। समाजिक कार्यमा मन जाला। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

तुला: अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। मन खिन्न हुने स्थिति आउनेछ। साथीभाइसँग वैचारिक मनमुटाव बढ्ला। स्वास्थ्य प्रतिकूल रहन सक्छ। मन्दिरको दर्शन हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ६९, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ५० र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

वृश्चिक: शुभकार्यको चर्चा चल्नेछ। धार्मिक कार्यमा सरिक भइएला। घुमफिरको विशेष अवसर मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पादन होलान्। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग छ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ५३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

धनु: घरपरिवारमा धार्मिक कृत्यको योग छ। रमणीय र सुखद यात्रा होला। पार्टी तथा सेमिनारमा सहभागी भइनेछ। प्रयत्न गरे कठिन ठानिएको काम पनि सम्पादन हुनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ४१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मकर: अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। मान प्रतिष्ठामा वृद्धि होला। सेयर बजारबाट फाइदा हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

कुम्भ: काममा ढिलासुस्ती हुनेछ। व्यर्थको यात्रामा जान बाध्य भइएला। फजुल खर्च बढ्नेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा परिन सक्छ। पढाइलेखाइमा बाधा आउने देखिन्छ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मीन: धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्ला। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। सेयर बजारबाट फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ८१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad